एनआईटिभी टेलिकमको ह्यापी प्लान सार्वजनिक
एनआईटिभी टेलिकमले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा नेपाली तथा विदेशी नागरिकहरुलाई लक्षित गरेर जापान प्रवेश गरेसंगै मासिक निकै सस्तो बिल आउने सिम दिने योजना सार्वजनिक गरेको छ ।
ह्याप्पी क्याम्पियन नाम राखिएको यो प्लानबाट एनआईटिभी टेलिकममा आबद्ध हुने नयाँ ग्राहकहरुका साथै पुराना ग्राहकहरुले पनि सुविधा लिन सक्नुहुने छ ।
१ देखि ५० जीबीसम्मको डाटा
जापानमा लामो समयदेखि टेलिकम सेवा प्रदान गर्दै आएको एनआइटिभीले #1GB-GB-8GB-20GB-40GB-50GB सम्मको नयाँ योजना पनि सार्वजनिक गरेको छ । १जीबी-९९९ येन देखि ८जीबी-१७९९ ,२० जीबी-२३९९ , ४०-जीबी ५०९९ , ५०-जीबीको ४५९९ आउने गरि नयाँ प्लान आएको छ । सिम संग नयाँ आइफोंन, एण्ड्रोइड फोन समेत किस्ताबन्दीमा लिन सकिने कम्पनीले जनाएको छ ।
जापानका AU,SOFTBANK,DOCOMO,YMOBILE,UQ, RAKUTEN लगायतका कम्पनीमा कालोसूचीमा रहे पनि, क्रेडिट कार्ड नभए पनि, भिसा अबधि कम भए पनि ग्राहकले प्रक्रिया पूरा गरी सिम प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
पुराना ग्राहकलाइ समावेश
एनआईटिभी टेलिकमको सिम प्रयोग गरिरहनुभएका निश्चित ग्राहकहरुले पनि नयाँ प्लानमा परिबर्तन गर्न सकिने भएको छ ।
कम्पनीका म्यानेजर रिद्दी तुम्हाबाहान्फेका अनुसार पहिलेदेखि एनआइटिभीको सिम प्रयोग गरिरहेकाहरुले पनि ह्याप्पी प्लानमा परिवर्तन गर्न चाहेमा निश्चित प्रक्रिया पुरा गरी परिवर्तन गर्न सकिने छ ।
उहाँले बजारमा उपलब्ध सबै सिम कम्पनीको भन्दा सस्तो प्लान लन्च बताउँदै जापानमा रहेका नेपाली समुदाय लगायत सबै विदेशी वा जापानीले यो सेवा लिन गर्न सक्नेछन् ।
नोरीखाए गरेर आउन सकिने
ह्यापी प्लानमा तपाई आफ्नो अहिले प्रयोग गर्नु भएको सिम कम्पनीबाट उही नम्बर नोरिखाए गर्न सक्नुहुन्छ । जसका लागि तपाईले अहिले प्रयोग गर्नुभएको सिम कम्पनी मार्फत नोरिखाए नम्बर लिएर हामीलाई सम्पर्क गर्नु पर्नेछ ।
AU,SOFTBANK,DOCOMO,YMOBILE,UQ, RAKUTEN लगायत जुनसुकै कम्पनीबाट सस्तो प्लेनमा नोरिखाए गर्न सक्नुहुनेछ । नेपालबाटै मोबाईलको सिम बुक गरेर जापानको बस्ने ठाउँमै सिम डेलिभेरी हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्