मानवकाे साटाे एआईले दिनेछ जिम प्रशिक्षण
हरेक क्षेत्र जस्तै फिटनेस र स्वास्थ्यमा पनि आर्टिफिसियल इन्टेलिजेन्सको तीव्र विकास भइरहेको छ । एआई प्रयोग गर्ने फिटनेस एपहरूको संख्या धेरै गुणा बढ्दै गएको छ। केही व्यक्तिहरूले लोकप्रिय एआई च्याटबोट, च्याटजीपीटी लाई उनीहरूका लागि कसरत कार्यक्रमहरू सिर्जना गर्न पनि सोधिरहेका छन् । धेरैजसो एआई फिटनेस एपहरू एकल प्रयोगको लागि डिजाइन गरिएका छन् । तर, अमेरिकाको टेक्सास राज्यको डलासमा लुमिन फिटनेस नामको पहिलो जिम खोलिएको छ, जहाँ मानिसहरुले एआई ट्रेनरसँग व्यायाम गर्न सक्छन् ।
एआई ट्रेनरले एकै पटक १४ जनालाई तालिम दिन सक्छ
एआई ट्रेनरले कसरतको क्रममा हुने हरेक गतिविधिमा बोलेर प्रतिक्रिया दिन सक्छ । जिमका भित्ताहरूमा एलईडी स्क्रिन जडान गरिएको छ । यी स्क्रिनहरू मार्फत एआई पर्सनल ट्रेनरले एकैसाथ १४ जनालाई तालिम दिन सक्छन् ।
जिममा जडान गरिएका सेन्सरहरूले प्रत्येक सदस्यलाई निगरानी गर्नेछन्
प्रत्येक व्यक्तिको आफ्नै स्टेशन छ । स्क्रिन पछाडि सेन्सरहरूले व्यक्तिको व्यायाम र विशेष रूपमा डिजाइन गरिएका उपकरणहरू जस्तै डम्बेलहरू, स्किपिङ डोरीहरू ट्र्याक गर्दछ । साथसाथै, वर्कआउट गर्दा, हेडफोनमा रहेको एआई ले आफ्नो मूल्याङ्कन र निर्देशनहरू दिइरहन्छ।
लुमिन फिटनेसका सीईओ ब्रान्डन बीनले भने, ‘जिममा जडान गरिएका सेन्सरहरूले प्रत्येक सदस्यलाई निगरानी गर्न र उनीहरूको हरेक गतिविधिमा प्रतिक्रिया दिन सक्छन् । हामी मानव प्रशिक्षकको प्रतिभाको विकल्प खोजिरहेका छैनौं। बरु, हामी तिनीहरूलाई राम्रो अनुभव प्रदान गर्न उपकरणहरू दिइरहेका छौं । एआई को विशेष विशेषता भनेको यसको सिक्ने क्षमता हो । यो अझै उत्तम छैन, तर समय संग एआई फिटनेस अझ राम्रो हुनेछ ।
फिटनेससँग सम्बन्धित भावनात्मक बुद्धिमत्ताको कुनै विकल्प छैन
विज्ञहरूका अनुसार एआईलाई राम्रोसँग प्रोग्राम गरिएको हो भने यसले मानिसहरूलाई व्यायाममा धेरै मद्दत गर्न सक्छ। यद्यपि, स्वास्थ्य र फिटनेसमा भावनात्मक बुद्धि पनि समावेश छ। एआई यसको विकल्प हुन सक्दैन।
प्रतिक्रिया राख्नुहोस्