जन सरोकार
तिब्बतमा होटल संचालन गर्दैआएका एक नेपालीको मृत्यु
चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापा रहेको समाचारमा जनाइएको ।
समाचार अनुसार माघ २ गते मृत्यु भएका थापाको शव आज बिहिबार हेलिकोप्टरमार्फत हिल्सा ल्याइएको छ भने हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने निजका आफन्त कुमार भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्