राजनीति

बालेन साह राष्ट्रियसभा निर्वाचनमा अनुपस्थित

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको निर्वाचनमा स्थानीय तहतर्फ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह मतदानमा अनुपस्थित हुनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा भएको मतदान प्रक्रियामा बालेन लगायत पाँचजना अनुपस्थित रहेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताउनुभयो ।

मतदानन नगर्नेमा काभ्रेको चौंरीदेउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर तामाङ र नुवाकोटका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ रहनुभएको छ ।

यसै गरी हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यद्धय शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गी पनि मतदानमा अनुपस्थित हुनुभयो । बागमती प्रदेशमा चार सिटका लागि छ दलका १५ जनाको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.