क्रिकेटखेल

क्यानडाले दियो नेपाललाई दुईसय ८६ रनको विजयी लक्ष्य

काठमाडौंमा जारी नेपाल र क्यानडाबीचको तीन एकदिवसीय श्रृङ्खला अन्तर्गत दोस्रो खेलमा क्यानडाले नेपाललाई जितका लागि २ सय ८६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको सम्मानजनक स्कोर बनाएको हो ।

सम्मानजनक स्कोर बनाने क्रममा क्यानडाका लागि आरोज जोहनसनले ६५ रनको अर्धसतकीय पारी खेले भने नवनित धलिवलले ४६ रन बनाए ।

श्रीयस मोभाले ४०, परगत सिंहले ३८, उदय भगवानले अविजित २०, निकोलस किर्तनले २०, दीलप्रित बजवाले १९ र शाहिद अहमदजैले १३ रन बनाए ।

बलिङमा नेपालका कुशल मल्ल र कप्तान रोहित पौडेलले दुई दुई विकेट लिनुभयो । यस्तै सूर्य तामाङ, आकाश चन्द, पवन सर्राफ र सोमपाल कामीले एक एक विकेट लिए ।

तीन खेलको सिरजमा नेपाल बिहीबार भएको पहिलो खेलमा सात रनले विजयी भएको थियो । आज जित निकालेका नेपाल एक खेल अगावै सिरिज च्याम्पियन बन्नेछ । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.