राजनीति

उपराष्ट्रपति यादवद्वारा पोष्ट नेटिभ क्यर वार्डको उद्घाटन

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वीरगञ्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएको हुँदा यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको सहयोग प्रशंसायोग्य भएको बताउनुभएको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव

नारायणी अस्पतालमा निर्माण गरिएको ‘पोस्ट नेटल केयर वार्ड’को आइतबार पर्सामा उद्घाटन गर्दै उपराष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिलाई सबैले एकजुट भएर हटाउनुपर्नेमा जोड दिनुभयो । मधेशमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर रहेकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर तिनवटै तहका सरकारले सुधारका लागि ठोस काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले केन्द्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालको स्तरोन्नतिका लागि सरकार क्रियाशील रहेको बताउँदै आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुर्याउन सङ्घ, प्रदेश र स्थानीय तहले एकापसमा समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नारायणी अस्पतालको आकस्मिक कक्षमा रु ४५ लाखको लागतमा निर्माण गरिएको २० श्ययाको ‘पोस्ट नाटल केयर वार्ड’मा नवजात शिशु र सुत्केरी आमाको उपचारसँगै रेखदेख गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चित्तरन्जन साहले बताउनुभयो ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताको सभापतित्वमा भएको उक्त कार्यक्रममा सांसद प्रदीप यादव, अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, श्याम पटेललगायत सहभागी हुनुहुन्थ्योे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.