करेन्ट लागेर दुई जनाको मृत्यु
सर्लाही र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सर्लाही, ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर शेख टोल बस्ने सरोज महतोको छोरा ७ वर्षीय बिराज सिहंको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित सगरमाथा इङ्लिस बोर्डिङ स्कुलभित्र सरस्वती पूजामा डिजे बजाउनको लागि जोडेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देबिनगर ओलि पथ बस्ने ३५ वर्षीया दिपा पौडेलको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा टेन्ट हाउसको समान राख्ने क्रममा पाइपले नजिकै विद्युतको हाईटेन्सन लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्