जन सरोकार
आगलागीमा जलेर मृत्यु
बर्दिया, ठाकुरबाबा नगरपालिका-४ मैनवार बस्ने ५५ वर्षीय लछीराम जैसीको गोठमा बिहीबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर जैसीको मृत्यु भएको छ ।
गोठमा रहेका चौपायाहरू बचाउने क्रममा उनको जलेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्