जन सरोकार
आगलागीमा जलेर मृत्यु
सिरहा, लहान नगरपालिका-१८ भदैया विष्णुपुर बस्ने ८५ वर्षीय मन्जित महतोको कच्ची घरमा गएराति आगलागी हुँदा सोही आगलागीमा जलेर महतोको मृत्यु भएको छ ।
![Death](https://www.nepaljapan.com/wp-content/uploads/2018/09/Death-e1623401145812.jpg)
आगलागीबाट घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्