जापानले बनायो विश्वकै पहिलो वातावरणमैत्री काठको भूउपग्रह
जापानी वैज्ञानिकहरूले संसारको पहिलो काठको भूउपग्रह बनाएका छन् । यसलाई अमेरिकी रकेटबाट अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी भइरहेको छ ।
बेलायती सञ्चारमाध्यम ‘द गार्डियन’का अनुसार क्योटो विश्वविद्यालयका एरोस्पेस इन्जिनियरहरूले यसलाई बनाएका हुन् । लिगरोस्ट नाम दिइएको भूउपग्रहले अन्तरिक्ष प्रदूषण कम गर्नेछ र यसबाट बनेको काठ सजिलै भाँचिदैन ।
मङ्गोलियन काठ प्रयोग
अन्तरिक्षमा धेरै देशका भूउपग्रह छन् । यी एक समयपछि आफैं नष्ट हुन्छन् । यसको टुक्राहरू अन्तरिक्षमा घुमिरहन्छन् र केही टुक्राहरू पृथ्वीमा खस्छन् । जसले कहिलेकाहीँ विनाश निम्त्याउन पनि सक्छ ।
यो फोहोरबाट बच्न र अन्तरिक्षमा हुने प्रदुषण कम गर्न जापानी वैज्ञानिकले काठको भूउपग्रह बनाएका हुन् । यो उपग्रह मङ्गोलियन काठबाट बनेको वैज्ञानिकहरुले बताएका छन् ।
काठ बायोडिग्रेडेबल छ
क्योटो युनिभर्सिटीका इन्जिनियर कोजी मुराताले भने, काठ बायोडिग्रेडेबल हुन्छ । यसको मतलब यो वातावरण मैत्री छ । अर्को शब्दमा, बायोडिग्रेडेबल चीजहरू प्रकृतिमा प्राकृतिक रूपमा नष्ट हुन्छन् र वातावरणलाई हानी गर्दैनन् । यसैलाई ध्यानमा राखेर काठको भूउपग्रह बनाइएको हो ।
काठको स्याटेलाइट किन चाहियो ?
क्योटो युनिभर्सिटीका अर्का इन्जिनियर ताकाओ डोईले धातुबाट बनेका भूउपग्रहहरू अन्तरिक्षमा नष्ट हुन्छन् । यसका टुक्राहरू धेरै पटक पृथ्वीमा फर्किन्छन् र पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने बित्तिकै जल्छन् । जब तिनीहरू जल्छन्, जसले सानो एल्युमिनियम कणहरू बनाउँछन् । यी कणहरू धेरै वर्षसम्म माथिल्लो वायुमण्डलमा रहन्छन् जसले पृथ्वीको वातावरणमा नराम्रो असर गर्छ ।
धातु उपग्रहहरूले ओजोन तहको लागि खतरा निम्त्याउँछ
‘द गार्डियन’को रिपोर्टका अनुसार भविष्यमा वार्षिक २ हजारभन्दा बढी अन्तरिक्षयान (स्पेसक्राफ्ट) प्रक्षेपण हुने अनुमान गरिएको छ । यसले माथिल्लो वायुमण्डलमा ठूलो मात्रामा एल्युमिनियम जम्मा गर्ने सम्भावना हुन्छ । जसले ठूलो समस्या निम्त्याउन सक्छ ।
केही अनुसन्धानले दावी गरेको छ कि यसले ओजोन तहलाई पनि कमजोर बनाउँछ । ओजोन तहले पृथ्वीलाई सूर्यको खतरनाक पराबैंजनी किरणहरूबाट जोगाउँछ ।
प्रतिक्रिया राख्नुहोस्