राजनीति
राष्ट्रपति पौडेलद्वारा तीन प्रदेशका प्रमुख पदमुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ । सरकारको सिफारिशमा उहाँले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको हो ।
फागुन २८ गतेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसअनुसार राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई आज पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सत्ता गठबन्धन बदलिएसंगै प्रदेश सरकारमा पनि खलबली मच्चिएको छ । यस्तोमा अघिल्लो सरकारले नियुक्त गरेका प्रमुखहरु नयाँ गठबन्धन सरकारले हटाएको हो ।
प्रतिक्रिया राख्नुहोस्