कला/मनोरन्जन

राजधानीमा जापानी चलचित्र महोत्सव सुरु

हरेक वर्ष मार्च १५ मा मनाईने ‘जापान डे’ को अवसर पारेर जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा ‘जापानी चलचित्र महोत्सव ’ शुक्रबार काठमाडौँमा सुरु भएको छ ।

जापानी चलचित्र महोत्सव

जापानिज ल्याङवेज टिचर्स एशोसियशन नेपाल (जाल्टान) को सहयोगमा शुक्रबार र शनिबार सञ्चालन हुने महोत्सवमा पाँच चलचित्र प्रदर्शन गरिने छन् । महोत्सवमा पहिलो दिन दुई र दोस्रो तीन चलचित्र प्रदर्शन गरिने जाल्टानका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो महोत्सव नितान्त जापानिज भाषा र साहित्यलाई प्रवद्र्धन गर्न गरिएको हो । यसक्रममा केही भाषासम्बन्धी कक्षा पनि हुनेछन् तर मुख्यतः चलचित्र प्रदर्शन नै हो ।”

अङ्ग्रेजी ‘सबटाइटल’सहित राष्ट्रिय नाचघरमा ‘कि अफ लाइफ, टाइम स्कुप हन्टर, सिओरी, नेको निन्जा, कामोमी डिनर’ नामका चलचित्र प्रदर्शन गरिने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.