जापान

जापानमा शरण लिने विदेशीको संख्यामा उच्च वृद्धि

जापानमा गत वर्ष शरणार्थीको मान्यता पाउनेको विदेशी नागरिकको संख्यामा उच्च वृद्धि भएको छ । गत वर्ष प्राप्त आवेदनमध्ये तीन सय तीन जनालाई शरणार्थीको मान्यता दिइएको छ ।

सन् २०२३ मा १३ हजार ८ सय २३ विदेशी नागरिकले शरणार्थीको मान्यताका लागि आवेदन दिएका थिए । सो संख्या अघिल्लो वर्षको तुलनामा १० हजारभन्दा बढी हो ।

आप्रसन सेवा एजेन्सीका अनुसार शरणार्थीको मान्यता पाउने विदेशी नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा एक सय एक जना बढी रहेको छन् । यो संख्या वर्ष १९८२ यताको कीर्तिमानी रहेको छ ।

शरणार्थीको मान्यता पाउनेमा सबैभन्दा बढी अफगानी नागरिक रहेका छन् । सन् २०२१ मा तालिवानले सत्ता कब्जा गरेपछि देश छाड्नेको संख्या बढेको छ भ

यसै गरी सेना र लोकतन्त्र समर्थकबीचका द्वन्द्वमा फसेको म्यान्मारका २७ नागरिक र ६ जना इथियोपियाका नागरिकले शरणार्थीको मान्यता पाएका छन् ।

यसका अतिरिक्त जापान सरकारले एक हजार ५ जनालाई शरणार्थीको मान्यता नदिएर मानवीय आधारमा जापानमा बस्ने अनुमति दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.