डढेलोले सिङ्गो गाउँ नै जोखिममा
बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेत सामुदायिक वनमा लागेको डढेलो फैलन थालेपछि सिंगो गाउँ नै आगलागीको जोखिममा परेको छ ।
बुधबार डढेलो सल्केर आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् । स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो ।
आगलागीमा परी दधिराम पौडेल घाइते हुनुभएको छ । घाइते पौडेललाई धौलागिरि अस्पताल बागलुङमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
बधबार दिउँसो डाँडाखेत सामुदायिक वनमा लागेको आगो बस्तीमा बस्दा घर गोठ जलेको उहाँको भनाइ छ । गोठ जल्दा पाँच वटा गाई, पाँच बाख्रा मरेको उपप्रमुख खड्काले बताउनुभयो ।
सामुदायिक वनमा लागेको आगोले डाँडाखेत गाउँनै जोखिममा रहेको उहाँ बताउनुहुन्छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन खोजे पनि अहिलेसम्म नियन्त्रणबाट आउन नसकेको खड्काको भनाइ छ ।
“आगो आज दिउँसो लागेको रहेछ, स्थानीयले नगरपालिकामा खबर गरेपछि, प्रहरीको टोलीसहित हामीहरु आगलागी भएको स्थानमा आएका छौँ, आगलागीले सामुदायिक जलेको छ, वनबाट लागेको आगो गाउँमा आउँदा पाँच वटा घर गोठ जलेर नष्ट भएका छन्, एक दर्जन पशुचौपाया पनि जलेर मरेका छन् भने धेरै घाइते छन्”, उपप्रमुख खड्काले भन्नुभयो, “एक जना स्थानीय पनि घाइते हुनुभएको छ, उहाँलाई धौलागिरि अस्पताल पठाएका छौँ ।”
प्रतिक्रिया राख्नुहोस्