भैंसेपाटीस्थित वाईवाई चाउचाउ कारखानामा आक्रमण
केही दिनयता वाईवाई चाउचाउ अखाद्य रहेको भन्दै चर्को बिरोध भैरहेका बेला शुक्रबार अज्ञात समूहले ललितपुरको भैंसेपाटीस्थित चौधरी ग्रुप द्वारा सञ्चालित सीजी फुड पार्कमा अज्ञात समूहले आक्रमण गरेको छ ।
शुक्रबार अपराह्न ३ बजे बा ४ ख १०८५ नम्बरको बसमा आएको अज्ञात समूहका अधिकांश महिला र केही पुरुषले पार्कमा कार्यरत कर्मचारीमाथि हातपात तथा भौतिक सम्पत्ति तोडफोड गरेको सीजीले जनाएको छ ।
उनीहरूले पार्कभित्र छिरेर ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै सीजीका व्यवस्थापकमाथि अभद्र र असभ्य व्यवहार गरेको सीजीका प्रवक्ता मधुसूदन पौडेलले जानकारी दिनुभयो ।
उता, जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले उक्त समूहका १७ महिला र पाँच पुरुषलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ ।
उहाँले बस चालक तथा सहचालकलाई समेत प्रहरीले पक्राउ गरेको र उनीहरू को हुन् भन्नेबारे नखुलेको र अनुन्धान जारी रहेको जानकारी दिनुभयो ।
सीजीले उद्योगमाथि दिन–दहाडै भएको आक्रमण निन्दनीय भएको भन्दै घटनाको भत्र्सना गर्दै घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।
विज्ञप्तिमा उद्याृगमा भएको आक्रमणले देशको औद्योगिक वातावरणमा नराम्रो असर पुर्याउन सक्नेतर्फ सचेत रहन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ ।
प्रतिक्रिया राख्नुहोस्