कान्स चलचित्र महोत्सवको रेडकार्पेट प्रिमियरमा बालेन
‘फिल्मको रचनात्मक सहर’ का रूपमा सूचीकृत भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) कान्स चलचित्र महोत्सवमा सहभागी हुन फ्रान्स प्रस्थान गर्नुभएको छ ।

फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह ७७ औँ कान्स चलचित्र महोत्सवमामा सहभागी हुन लाग्नुभएको हो ।
नगर प्रमुख साह महोत्सवको रेडकार्पेट, प्रिमियर र त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकनमा सहभागी हुने कार्यक्रम तय भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
सो महोत्सव तीन दिनसम्म आयोजना हुने छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक सङ्गठन (युनेस्को)ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’ फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’ को एक सदस्य हो ।
कान्स नगरका नगर प्रमुख लिसनार्डले बालेनलाई पठाएको निम्तो पत्रमा यस चलचित्र महोत्सवले फिल्मको दुई रचनात्मक सहर काठमाडौँ र कान्सलाई एक ठाउँमा ल्याउने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
मे १४ देखि २५ सम्म आयोजना हुने यस चलचित्र महोत्सवमा नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड र नेपाली भाषाको फिल्म ‘तारा स् अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएको जनाइएको छ । उक्त महोत्सवमा नेपालबाट कुनै चलचित्र छनोट भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्