राजनीति
एमाले दाङको अध्यक्षमा आचार्य
नेकपा (एमाले) जिल्ला कमिटी दाङको अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध चयन हुनुभएको छ । चौधौँ जिल्ला अधिवेशनले उहाँलाई निर्विरोध चयन गरेको हो ।
यस्तै अधिवेशनले उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी तथा उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीलाई चयन गरेको छ । जिल्ला अधिवेशनबाट एक सय १९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक नरूलाल चौधरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्