राजनीति

राष्ट्रियसभाको बैठक स्थगन

राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो १ः१५ मिनेटका लागि तय भएको बैठक विशेष कारण बस्न नसकेको भन्दै संसद् सचिवालयले सूचना प्रकाशन गरेको छ ।

राष्ट्रियसभा

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको छ । उक्त समिति गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताबीच समझदारी भए पनि समितिको कार्यक्षेत्र निर्धारणका विषयमा कार्यदलस्तरमा सहमति जुटन नसक्दा राजनीतिक अवरोध हुँदै आएको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ११ गते शुक्रबार अपरान्ह १ः१५ मिनेटमा बस्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.