अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा भारतले लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार राति भएको आफ्नो तेस्रो खेलमा आयोजक अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारतले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।
जितसँगै भारत सुपर आठमा प्रवेश गरेको छ । न्युयोर्क स्थित नसाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाए भने स्टेभन टेलरले २४ रन जोडे । त्यस्तै कोरी एन्डरसनले १५ रन जोड्दा कप्तान एरोन जोनेस र स्याड्ली भान साल्यक्यले समान ११-११ रन बनाए ।
भारतका लागि अर्सदीप सिंहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिँदा अक्षर पटेलका नाममा एक विकेट रह्यो । अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतको लागि सुर्यकुमार यादवले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले शिवंम दुवेले ३१ रनमा नटआउट रहे । यस्तै ऋषभ पन्तले १८ रन जोड्दा रोहित शर्मा ३ रन जोडे । अमेरिकाको लागि सौरभ नेत्रवालकरले २ विकेट लिए भने अली खानले १ विकेट लिए ।
जितसँगै भारत ३ खेलबाट ६ अङ्क जोड्दै सुपर ८ मा प्रवेश गरेको छ भने समान खेलमा ४ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्