जन सरोकार
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरीद्वारा आत्महत्या
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव बुधबार बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो ।
प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उहाँले जानकारी दिनुभयो । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
प्रतिक्रिया राख्नुहोस्