जापान

२४ घण्टाभित्र मृत्यु गराउने ‘स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम’ले महामारीको रुप लिंदै

जापानमा ४८ घण्टे ब्याक्टेरियल संक्रमणले उग्ररूप लिन थालेको छ । संक्रमण भएको ४८ घण्टाभित्र बिरामीको मृत्यु गराउने स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम (एसटीएसएस)ले जापानमा पछिल्लो दुई महिनामा ७७ जनाको मृत्यु भैसकेको छ ।

सन् २०२४ जनवरीदेखि हालसम्म जापानमा एसटीएसस संक्रमितहरुको संख्या एक हजार नाघेको राष्ट्रिय संक्रामक रोग संस्थानले जानकारी गराएको छ ।

एसटीएसस– जसलाई गम्भीर आक्रामक स्ट्रेप्टोकोकल संक्रमण पनि भनिन्छ, यो अचानक सुरु हुने रोग हो । मुख्य रूपमा ग्रुप ‘ए’ स्ट्रेप्टोकोकसको कारणले हुन्छ ।

प्रारम्भिक लक्षणहरूमा सामान्यतया घाँटी दुख्ने, ज्वरो आउने, भोक नलाग्ने, पखाला लाग्ने, बान्ता हुने र अरू ग्यास्ट्रोइन्टेस्टाइनल समस्या देखिन्छ । साथै, कम रक्तचापजस्ता सेप्टिक लक्षण देखिन्छ ।

कोभिड–१९ महामारीको समयमा लगाइएका प्रतिबन्धहरू खुकुलो पारेपछि जापानमा एसटिएसएसका मामिलाहरू बढ्दै गएका केही विज्ञहरू विश्वास गर्छन्। तर यसको ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन।

तुरुन्तै उपचार नगरिए यसबाट श्वासप्रश्वासको विफलता, कलेजो, मिर्गौला र बहु–अंग ‘फेल’ हुनसक्छ । यसको मृत्युदर ३० प्रतिशतभन्दा बढी छ ।

यस ब्याक्टेरियाबारे धेरै जानकारी नभएका कारण यसको संक्रमणबाट बच्न नियमित हात धुनुपर्छ र कुनै पनि घाउ सफा राख्नुपर्छ। यसबाहेक सङ्क्रमणको लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.