मुख्यसचिव अर्यालसहित उच्चपदस्थ अधिकारीबिरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै मुख्यसचिव वैकुण्ठ अर्यालसहित अन्य बहालवाला पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीहरुमाथि सार्वजनिक संस्थाको सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाउँदै आइतबार विशेष अदालतमामुद्दा दायर गरेको हो ।
मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त प्रकरणमा अर्यालसहित ११ जना र प्रिन्ट सेल कम्पनीलाई दोषी किटान गरी मुद्दा चलाउने निर्णय अख्तियारले गरेको हो ।
यस प्रकरणमा सहसचिव रितेश शाक्य, अर्का सहसचिव टंक पाण्डेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । त्यस्तै उपसचिव गणेशविक्रम शाह र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
यस अघि नै भ्रष्टाचार मुद्दामा परी सकेका विकल पौडेल, सफल श्रेष्ठ, हरिवल्लभ घिमिरे र बद्री गौतमविरुद्ध पनि मुद्दा दायर भएको छ ।
प्रतिक्रिया राख्नुहोस्