कला/मनोरन्जनकलिउड

राससको तस्बिर प्रदर्शनीबाट विकासको तीब्रता झल्कियो : राजेश हमाल

नेपाली चलचित्रका महानायक राजेश हमालले राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रदर्शित तस्वीरहरुबाट विकासको तीब्रता झल्किएको बताउनुभएको छ ।

सोमबार राससले केन्द्रीय कार्यालय भद्रकालीमा गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

अभिनेता हमालले भन्नुभयो, “राससले सधैँ सत्य तथ्य समाचार सम्प्रेषण गर्दैआएको बताउँदै राससद्वारा प्रदर्शित तस्बिरबाट विकासको तीव्रता झल्किएको र विकास सधैँ अविरल पक्ष हो । जहाँ समय सापेक्ष परिवर्तन भइरहन्छ ।”

निश्चित कालखण्डमा भौतिक विकासलाई विकासको मान्यता दिइन्छ भने त्यही विकासपछि नहुनसक्छ । त्यसैले विकासका बहुआयामिक पक्षको आत्मसाथ गर्दै देशको उन्नतितर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो । आगामी दिनमा राससले यस्तै सकरात्मक र ऊर्जावान भाव पैदा गर्ने क्रियाकलाप गर्दै जाने अभिनेता हमालले विश्वास व्यक्त गर्नुभयो ।

अभिनेता हमाल रासस आउनु हुँदा उहाँलाई कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराउनुभएको थियो ।

गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी परिचालन, छिमेकी तथा अन्य मित्रराष्ट्रसमेतको सहयोगमा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनासँग सम्बन्धित तस्बिर समावेश छन् ।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएको संरचनाको पुनःनिर्माण, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा राससबाट विभिन्न समयमा सम्प्रेषित ९५ तस्बिर प्रदर्शनीमा राखिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.