क्रिकेटखेल

राशिद खान : शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म

राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो ।

राशिद खान

यद्यपि आफ्ना लेग स्पिन चालहरूका साथ लोकप्रिय फ्रेन्चाइजी क्रिकेटरका रूपमा २५ वर्षीय यी खेलाडीले अहिले यति सम्पत्ति कमाउनुभएको छ कि जुन उहाँको परिवार अफगानिस्तानको युद्धबाट भागेको समय अकल्पनीय थियो ।

पैसा कमाउने इन्डियन प्रिमियम लिग (आइपिएल) मा भएको पछिल्लो सम्झौताले उहाँलाई अनुमानित १८ लाख डलर आम्दानी भएको छ । उहाँसँग दुबई र शारजहाँमा घर भएको दाबी गरिएको छ । अहिले अफगानिस्तानका कप्तान टि–२० विश्वकप उपाधिबाट मात्र दुई जित टाढा हुनुहुन्छ ।

पाकिस्तानमा प्रारम्भिक वर्षहरूमा उहाँलाई क्रिकेट सिकाउने प्रशिक्षकको महानता नै उहाँको भाग्यमा थियो ।

“राशिदसँग एउटा आशिर्वादको दाहिने हात छ, जसबाट उनी विश्वस्तरीय बलिङ गर्छन्”, राशिदका खेलकुद शिक्षक अली होटीले पेशावरबाट टेलिफोनमा भन्नुभयो, “उनको ध्यान, प्रतिबद्धता र प्रतिभा अनुकरणीय थियो र उनी अहिले पाकिस्तान र अफगानिस्तानका सीमामा रोल मोडेल छन् ।”

एघार छोराछोरीमध्येका एक राशिद र उहाँको परिवारले अफगानिस्तानको युद्धको उथलपुथलबाट छिमेकी पाकिस्तानको सापेक्षिक सुरक्षासम्म कठिन मार्ग अपनाएको थियो । उहाँका बुबाआमाको पूर्वी प्रान्त नान्गाहारमा टायर कम्पनी थियो ।

युवा राशिदको शिक्षा पनि उहाँलाई ग्रहण गरिएको घरमा भयो र उहाँले पेशावरको इस्लामिया कलेजमा कम्प्युटर साइन्स पढ्नुभयो ।

“क्रिकेट ट्रायलका क्रममा हामीले राशिदमा धेरै प्रतिभा देख्यौँ, त्यसैले हामीले उनलाई कम्प्युटर साइन्समा भर्ना गरायौँ, उनी राम्रो विद्यार्थी पनि थिए र सन् २०१३ मा उनको करियर सुरु भएको थियो”, ३९ वर्षीय होटीले भन्नुभयो ।

थोरै शब्द मात्र बोल्ने नम्र किशोर राशिदले शानदार प्रदर्शन गर्दै एक खेलमा शतक बनाउनुभयो र आफ्नो टिमलाई स्थानीय कलेजिएट फाइनलमा पुर्याउनुभयो । “राशिद बलरभन्दा राम्रो ब्याटर थिए तर पछि उनले लेग–ब्रेकको कौशल विकास गरे र आफ्नो ध्यानसँगै राम्रो सफलता हासिल गरे”, होटीले भन्नुभयो, “उनको सबैभन्दा राम्रो विशेषता खेलको अवस्था बुझ्नु थियो ।”

पाकिस्तानका पूर्वकप्तान राशिद लतिफ, इन्जमाम–उल–हक र तीव्र बलर कबिर खानले टिमको सुरुआती वर्षहरूमा अफगानिस्तानलाई प्रशिक्षण दिएपछि राशिदलाई ठूलो अन्तर्राष्ट्रिय ब्रेक प्राप्त भयो ।

होटीले भन्नुभयो, “अफगानिस्तानको टोली सन् २०१४ मा पेशावर आयो र केही खेल खेल्यो, ती खेलमा राशिदको खेलले सबैको ध्यान आकर्षित गर्यो र बाँकी इतिहास हो ।” सन् २०१५ मा पदार्पण गरेपछि राशिदले करिब दुई सय एक दिवसीय अन्तर्राष्ट्रिय र टि–२० खेल्नुभएको छ ।

उहाँले अफगानिस्तानका पाँच टेस्ट म्याचमा भाग लिनुभयो । सन् २०१८ को उहाँको डेब्यु बिर्सनलायक थियो किनकि भारतले पराजित गरेको एक पारीमा उहाँलाई एक सय ५४ रनमा दुई विकेट हात लागेको थियो ।

तथापि उहाँलाई मात्र २० वर्षको उमेरमा सबैभन्दा कम उमेरको टेस्ट कप्तान बन्न रोकेन र उहाँको अन्तर्राष्ट्रिय करियरले अहिलेसम्म कूल तीन सय ६९ विकेट लिएको छ ।

टि–२० फ्रेन्चाइजी क्रिकेटरका रूपमा उहाँले गुजरात टाइटन्सलाई सन् २०२३ मा आइपिएल उपाधि दिलाउन सहयोग गर्नुभयो भने लाहोर कलन्दर्सलाई सन् २०२२ र सन् २०२३ मा पाकिस्तान सुपर लिगमा लगातार उपाधि दिलाउन मार्गदर्शन गर्नुभयो ।

कलन्दर्सका प्रमुख अपरेटिङ अफिसर समिन राणाले राशिदलाई ‘टिम म्यान’ का रूपमा प्रशंसा गर्नुभयो । “मेरा लागि राशिद विनम्र मात्र नभएर सबैभन्दा निस्वार्थ व्यक्ति पनि हुन् र उनको कामको नैतिकता अर्को स्तरको हो किनकि उनी टिमका लागि अतिरिक्त यार्ड राख्न कहिल्यै पछि हट्तैनन्, उनका लागि टिम पहिला आउँछ”, उहाँले भन्नुभयो ।

जारी टि–२० विश्वकपमा अफगानिस्तानले पहिलो चरणमा न्युजिल्यान्डलाई हराएर सुपर आठमा स्थान बनाउन सहयोग गर्नुअघि पूर्व च्याम्पियन अस्ट्रेलियामाथि शानदार जित हासिल गरेको थियो ।

राशिदले अफगानिस्तानको नेतृत्व गर्दै न्युजिल्यान्डविरुद्ध ४–१७ र अस्ट्रेलियाविरुद्ध १–२३ विकेट लिनुभयो । यद्यपि उहाँको सर्वश्रेष्ठ ४–२३ र मात्र १० बलमा अविजित १९ रनको स्कोरले बङ्गलादेशविरुद्धको खेलमा अफगानिस्तानलाई पहिलोपटक विश्वकपमा सेमिफाइनलमा पुर्यायो ।

उहाँको आक्रामक कप्तानीले आफ्नै खेलाडीलाई पनि जोगाउन सकेन । सोमबार बङ्गलादेशसँगको रोमाञ्चक जितमा उहाँले आफ्नो ब्याट करिम जनततर्फ फ्याँक्नुभएको थियो । जनतले दोस्रो रन लिन अस्वीकार गर्दा राशिदले स्ट्राइक पाउनुभएको थिएन ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.