माल्दिभ्सका राष्ट्रपतिलाई आफ्नै मन्त्रीले किन गरिन ‘कालो जादू’ ?
माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मुइजुलाई आफ्नै मन्त्रिमण्डलका सदस्यले कालो जादू गरेको भन्दै प्रहरीले मन्त्रीसहित अन्यलाई पक्राउ गरिएको छ ।
राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरण मन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।
वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
“उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,” नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।
“राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,” स्थानीय अनलाइन आउटलेट ९सञ्चार माध्यम० द सनले जानकारी गराएको छ ।
मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादूटूना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्