जन सरोकार
मकै गोड्ने क्रममा विद्युतको पोलमा छुँदा करेन्ट लागेर मृत्यु
रूकुम पश्चिम, मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ६७ वर्षीय झुपादेवि रोकाको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित बारीमा मकै गोड्ने क्रममा विद्युतको पोलमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्