राजनीति

कामपामा बिपी र मदन भण्डारीको नाममा कार्यक्रम नपरेपछि…

मुलुकको केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर मेयर बनेपछि बालेन्द्र साहका कामहरुको वाहवाही हुँदा दुई वर्षसम्म कुनै अवरोध भएन ।

पछिल्लो समय मेयर बालेनको गति रोक्ने नियोजित योजना अनुसार नगरसभा सदस्यहरु आआफ्नो पार्टीको एजेण्डा बोकेर खडा भएका कारण नीति तथा कार्यक्रम र बजेटमै निकै विवाद निस्किएको छ ।

काठमाडौं महानगरपालिकाको आज (असार १४) गते बस्ने नगरसभा बैठक पनि दलीय स्वार्थका कारण स्थगित भएको छ ।

नगरसभा बैठक स्थगित भएपछि यसको कारण खुलाउँदै मेयर बालेनले एमाले र कांग्रेसले बिपी कोइराला र मदन भण्डारीको नाममा कार्यक्रम गर्न प्रस्ताव गरेको र आफूले चार स्वतन्त्रता सेनानीहरु शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठको नाममा गरौं भन्दा बिरोध भएको बताउनुभयो ।

बालेनले सामाजिक सञ्जालमार्फत सायद कांग्रेस र एमालेलाई नेपालको क्रान्तिमा उपरोक्त चार योद्धाहरुभन्दा कांग्रेस एमालेको नेताहरुको योगदान धेरै देख्नुभयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.