राजनीति
लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने अध्यक्ष नेपालको चाहना
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने अगुवा शक्तिका रूपमा आफ्नो पार्टीले भूमिका निर्वाह गर्न चाहेको बताउनुभएको छ ।
![अध्यक्ष नेपाल अध्यक्ष नेपाल](https://www.nepaljapan.com/wp-content/uploads/2024/07/HRB-KTM-1720240701134454_IMG_9463copy-1536x1309-1-e1719835316871.jpg)
पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबार आयोजित बन्दसत्रमा अध्यक्षमण्डल घोषणा र पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गर्दै उहाँले आफ्नो पार्टीप्रति मुलुकले धेरै अपेक्षा गरेको बताउनुभयो ।
बर्षायाममा आयोजित यो महाधिवेशन एक चाड र विशेष परिघटनाका रूपमा रहेको जनाउँदै अध्यक्ष नेपालले एकताबद्ध भएर महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्