राजनीति

बेचन झा पक्राउ पर्नु नै प्रचण्ड सरकार ढल्नुको कारण हो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका शीर्ष नेता संलग्न रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख

अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता परिवर्तनको मुख्य कारण नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ पर्नु रहेको बताउनुभएको छ ।

अर्थमन्त्री पुन

उहाँले नक्कली शरणार्थी प्रकरणमा प्रहरीको प्रतिवेदनमा कांग्रेसका शीर्ष नेता संलग्न रहेको उल्लेख रहेको र मुख्य मतियार मानिएका झा पक्राउ परेपछि प्रमुख प्रतिपक्षी कांग्रेस आत्तिएर समीकरण फेरबदलमा लागेको उहाँको आरोप छ ।

आगामी आर्थिक वर्षको बजेटमाथि एमालेले नै असन्तुष्टि जनाइरहेका बेला सरकार परिवर्तनको कारण त्यो पनि हो कि भन्ने जिज्ञासामा नेता पुनले बजेट बहाना मात्रै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “समस्या बजेटमा होइन । बेचन झाबाट समस्या भएको हो । झा पक्राउ परेपछि कांग्रेस साह्रै डरायो । प्रहरीको प्रतिवेदनमा कांग्रेसका शीर्ष नेता संलग्न रहेको उल्लेख छ । यस विषयमा पार्टीको बैठक बसेर थप निर्णय लिइन्छ ।”

मन्त्री पुनले अब आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेर जिल्याएकोमा आश्चर्य व्यक्त गर्नुभयो ।

आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल हुँदा अहिलेकै गठबन्धनलाई थप बलियो बनाएर जाने सहमति भएको र सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री प्रचण्डले अहिलेकै गठबन्धन कायम रहने ब्रिफिङ गर्नुभएको थियो ।

तर, सोमबार मध्यरातमा सत्ता समीकरण बदलियो । गत पुस १० गते दउवालाई झुक्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभएका ओलीले यसपटक देउवालाई झुक्याएजस्तै गरी प्रचण्डलाई जिल्याउन सफल हुनुभएको छ ।

तर यसपटक सत्ता स्वार्थ मात्र नभएर ठूला भ्रष्टाचारका फाइल खोल्ने सरकारको तयारीपनि शीर्ष नेताहरु पक्राउ पर्ने अवस्था आएपछि सरकार नै ढाल्ने निष्कर्षमा दुबै नेता पुगेको विश्लेषकहरुको टिप्पणी रहेको छ ।

सोमबार मात्रै गृह मन्त्री रवि लामिछानेले संसदमा भ्रष्टाचारका २५ वटा ठूला फाइल खोल्ने तयारी भएको र शक्तिशाली आयो गठन गरी सबै काण्डहरुको छानबिन गर्ने तयारी रहेको बताउनुभएको थियो ।

यसको संकेतका रुपमा सुन तस्करीको नालिबेली सार्वजनिक भयो भने नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके भनिएका बेचन झा पक्राउ परेका थिए । यसैबाट दुबै दल आत्तिएको विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.