राजनीति

रविको प्रश्न- भ्रष्ट समाउँदा कसरी संविधान संकटमा पर्यो ?

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारमा मुछिएका केही व्यक्तिको फायल खुल्नासाथ रातारात सत्ता परिवर्तन भएको बताउनुभएको छ ।

मंगलबार सत्ता समीकरण बदलिएपछि पार्टी कार्यालयमा आयोजित बैठकपछि संचारकर्मीहरुसंग बोल्दै लामिछानेले संविधान र व्यवस्था जोगाउने नाममा निश्चित व्यक्तिलाई जोगाउन सरकार बदलिएको बताउनुभएको हो ।

लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताउँदै संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको हो त्यो सबैले बुझ्ने पनि स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “सुशासनका क्रममा केही भ्रष्टहरुलाई पक्राउ गर्दा संविधान र व्यवस्था रक्षाको चिन्ता रातारात जागेको भन्दै यहाँ कसलाई जोगाउन खोजेको यति पनि नबुझ्ने भन्ने हुन्छ ?”

संचारकर्मीहरुतर्फ हेर्दै लामिछानेले भन्नुभयो, “तपाईहरु नै भन्नुहुन्थ्यो फायल कहिले खुल्छ ? फायल खुल्नासाथ यस्तो अवस्था आयो । यसलाई कसरी बुझ्नुहुन्छ ?”

असार १७ गते सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा गृहमन्त्री लामिछानेले ठूला भ्रष्टाचारका २५ वटा बन्द फायल खुल्दै गरेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.