राजनीति

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री किशोर शाह सुडीले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो राजीनामा बुझाएका छन् ।

मन्त्रीले दिए राजीनामा

पार्टीको शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट लागू हुने गरी फिर्ता लिएको जसपा अध्यक्ष एवं सो पार्टीका संसदीय दलका नेता राईद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

जनता समाजवादी पार्टीले यसअघि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेको सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.