प्रदेशमधेश

मधेस प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ । उहाँले ६७ मत पाउनु भएको छ । विपक्षमा ३४ मत खसेको थियो ।

प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले मतदान गरेका थिए । मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले मतदान गर्नुभयो ।

जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.