राजनीति

रास्वपालाई योगेशको प्रश्न, प्वाल परेको ढुंगा चढेर कहाँ जाँदै हुनुहुन्छ

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले विश्वासको मत गुमाइसकेर पनि सत्तामा टाँस्सिइरहेको र त्यसलाई साथ दिएर राष्ट्रिय स्वतन्त्र पार्टी कता जान लागेको भन्ने प्रश्न गर्नुभएको छ ।

आइतबबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सचिव भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेप्रति अविश्वास गर्न थालेपछि आफूहरुले कांग्रेसँग सहकार्य गरेको पनि बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले विश्वास समर्थन गुमाइसकेको भए पनि २८ गतेसम्मको समय लिन खोज्दै हुनुहुन्छ यो केका लागि भन्ने प्रश्न गर्नुभयो ।

भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पदको गरिमा ख्याल नगरेको बताउँदै प्रधानमन्त्रीले प्वाल पारिसकेको डुंगामा बसिरहेको र त्यस्तो डुंगामा बसेर कता जाँदै हुनुहुन्छभन्दै प्रश्न गर्नुभयो ।

त्यस क्रममा भट्टराईले कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गर्दा प्रचण्डले एमालेलाई सरकारबाट बाहिर राख्न खोजेको थाहा पाएपछि एमाले अध्यक्ष ओलीले कांग्रेससँग सहमति गरेको पनि बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले क्षणिक रुपमा मात्र राजनीतिक दलसँग सहमति गर्ने र तत्कालै अर्को समीकरण बनाइहाल्ने प्रवृत्तिले मुलुकले आत्मविश्वास गुमाउँदै गएको, अन्तर्राष्ट्रिय समुदायको विश्वास गुम्दै गएको, कर्मचारी र सुरक्षा निकायको मनोबल गिरेको पनि भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.