अर्थ

तोलामा चार सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ ।

आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ ।

महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.