राजनीति

सांसद विकले गृहमन्त्रीको धोती खुस्कियो भनेपछि…

नेपाली कांग्रेसकी सांसद शान्ति विकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेको धोती खुस्किएको बताउनुभएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद विकले सहकारीको रकम हिनामिना काण्डले गृहमन्त्री लामिछानेको धोती खुस्किएको बताउनुभएको हो ।

त्यस्तै सांसद विकले गृहमन्त्रीलाई फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन कसले रोक्यो भन्दै प्रश्न पनि गर्नुभएको छ । यस्तै सांसद विकले गृहमन्त्रालयले विभिन्न भ्रष्टाचारका काण्ड छानबिनमा ढिलाइ गरेको र राजनीतिक समीकरण फेरबदल हुनुमा वर्तमान सरकारको कार्यशैली जिम्मेवार रहेको आरोप लगाउनुभयो ।

उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘गृहमन्त्रीलाई फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ?, सहकारीको अर्वौ रकम हिनामिना काण्डले आफ्नो धोती खुस्केर सम्हाल्न व्यस्त गृहमन्त्री र गृह मन्त्रालय फायल खोल्ने सिरिज अब रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् ।’

सांसद विकको यस्तो टिप्पणी पछि रास्वपा सांसद मनिष झाले नियमापत्ति गर्दै आसनबाट उठेर आपत्ति जनाउनु भएको थियो । उहाँले संसद्को नियमावली अनुसार धोती खुस्कने भन्ने शब्दप्रति आपत्ति जनाउँदै ११ नम्बर नियमावलीको ख्याल गर्न आग्रह गर्नुभयो । ‘११ नम्बर बुँदाअनुसार धोती शब्द संसद्मा बोल्न पाइँदैन ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.