जन सरोकार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रूपन्देही, तिलोत्तमा नगरपालिका-१५ कोटिहवा न्यू तिलोत्तमा मार्बल स्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपी ५६ एबी ०४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक भारत महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु मधेसियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना उपचारको लागि भारततर्फ गएको बताइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.