जन सरोकार

भक्तपुर, काठमाडौँ र कास्कीबाट विभिन्न धनमाल चोरी

भक्तपुर, काठमाडौँ र कास्कीबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको छ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको कोठाबाट नगद २२ हजार रूपैयाँ, सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका-३१ बासुकी मार्ग पुरानो बानेश्वर स्थित गोमा दाहालको स्नेहा ब्युटी पार्लर पसलबाट नगद ४० हजार रूपैयाँ, सुनका विभिन्न गरगहना, मोबाइल समेत गरी अन्दाजी ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।

यस्तै कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा चाक्लेकुना बस्ने ४० वर्षीया सुशिला पाठकको घरबाट करिब साढे ३ तोला बराबरको सुनका गरगहाना र ५ तोला बराबरको चाँदीको गरगहना आइतबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.