जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

महोत्तरी, सर्लाही र रुपन्देहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । महोत्तरी, सम्सी गाउँपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने धिरेन्द्र यादवकी छोरी ४ वर्षीया काजल यादवको सोमबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जनक नन्दनी अस्पताल सम्सी हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै सर्लाही, कौडेना गाउँपालिका-२ स्थित सडकमा बीआर ०६ एभी ३१६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ फुलपरासी बस्ने ७० वर्षीया दुखिया देवीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बाईपास स्थित सडकमा भैरहवाबाट बेलहियातर्फ जाँदै गरेको पिबि १० जेडि ९३१५ नम्बरको ट्याङ्करले लु.१७ प ६७२३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सियारी गाउँपालिका-१ कोटिमाई बस्ने ६५ वर्षीय प्रेम बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.