जन सरोकार

सडकमा रोकेर राखेको कारको डिक्कीबाट एक सय १५ किलोग्राम गाँजा बरामद

मोरङ, बुढिगंगा गाउँपालिका-१ आदर्शटोल नहर छेउ स्थित सडकबाट अवैध लागूऔषध गाँजा एक सय १५ किलोग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

गाँजा बरामद

उक्त स्थानमा रोकी राखेको बा.७ च ९५९५ नम्बरको कारमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले कारको पछाडी डिक्कीमा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.