विश्व समाचार

रुसी सेनामा भर्ना भएका भारतीयलाई फिर्ता गर्न पुटिन सहमत, नेपालीको अवस्था के ?

युक्रेनसंग युद्धमा मोहिएपछि विदेशी युवाहरुलाई आकर्षक पारिश्रमिकको आकर्षण दिएपछि नेपाली, भारतीय लगायत अन्य मुलुकका युवाहरु रुसी सेनामा भर्ना भए ।

भारतले आफ्ना कैयौं युवाहरुलाई स्वदेश फिर्ता ल्याए पनि अझैं थुप्रै रुसी सेनामा रहेको अवस्थामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न सहमत हुनुभएको छ ।

भारतीय मिडियाहरुले दाबी गरेअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत हुनुभएको हो ।

प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि सोमबार रुस पुग्नुभएको थियो । पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गर्नुभएको थियो ।

सो क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाएको र त्यो काममा सहजीकरण गर्ने बताएको स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।

हालै भारतीय विदेश मन्त्रालयले रुसी सेनामा कार्यरत चार भारतीय नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । रुसी सेनामा दुई दर्जन बढी भारतीय नागरिक भर्ती भएको अनुमान छ । १० जना भारतीय नागरिक भने फर्किएका थिए ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको मोदीको यो पहिलो रुस भ्रमण हो । त्यसअघि उहाँले सन् २०१९ मा रुसको भ्रमण गरेका थिए ।

रुस युक्रेन युद्ध सुरुभएयता तीन दर्जन नेपाली युुवाहरुले ज्यान गुमाएको र कैयौं युवा युक्रेनमा बन्दी अवस्थामा रहेको समाचारहरु आइरहेका छन् । केही युवाहरुले भारत सरकारसंग उद्धारका लागि गुहार समेत मागेका थिए ।

सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन र भर्ती भएकालाई फिर्ता ल्याउन कूटनीतिक पहल चालेको बताइरहे पनि यस दिशामा कुनै प्रगति भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.