राजनीति

ओलीले जालझेल र षड्यन्त्र गरेर आफूलाई भ्रमपूर्ण आश्वासन दिए : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेर आफूलाई भ्रमपूर्ण आश्वासन दिएको बताउनुभएको छ ।

बुधबार बसेको माओवादी संसदीय दलको बैठकमा उहाँले अध्यक्ष ओलीको भ्रमपूर्ण आश्वासनमा विश्वास गर्दा तत्काल आफूहरुलाई नोक्सान देखिए पनि दीर्घकालमा एमालेलाई नै नोक्सान हुने बताउनुभएको हो ।

बैठकमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे जानकारी गराउँदै कांग्रेस र एमालेबीच सहमति हुन लागेको चर्चा सुरु भएपछि १७ असारको बिहान दुई नेताबीच करिब ३ घण्टा कुराकानी भएको बताउनुभयो ।

सो कुराकानीमा आफूले तपाईं प्रधानमन्त्री बन्ने हो भने म राजीनामा दिन्छु भनेको उनले स्मरण गरे । तर ओलीले सरकारलाई प्रभावकारी बनाउने, राजनीतिक नियुक्तिबारे टीओरआर बनाउने कुरा गरेर गठबन्धन फेर्न लागेको होइन भनेर भ्रमपूर्ण रुपमा आफूलाई आश्वस्त पारेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

एमालेसँग गठबन्धन गर्नुको आफ्नो उद्देश्य बामहरुको एकता भएको भन्दै प्रचण्डले भन्नुभयो, ‘ओलीजीले षड्यन्त्र गर्नुभयो । तत्कालका लागि हामीलाई नोक्सान जस्तो देखिए पनि यसले दीर्घकालमा एमालेलाई नै नोक्सान गर्छ ।’

उहाँले संविधानको रक्षा र कार्यान्वयनका लागि पनि २८ गते विश्वासको मत लिन लागेको बताउँदै यसले राष्ट्रपतिलाई पनि नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न सहज बनाउने उनको तर्क छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.