खेलफूटबल

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा उरुग्वेमाथि १-० को जित निकाल्दै कोलम्बिया २३ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

कोपा अमेरिका

क्प्लाम्बियालाई फाइनल पुर्याउन जेफर्सन लेर्माको गोल नै निर्णायक बन्यो । खेलको ३९ औं मिनेटमा जेम्स रोड्रिग्वेजको क्रसलाई लेर्माले हेड गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल कोलम्बियाले १-० ले आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गर्यो ।

त्यसअघि पहिलो हाफमै कोलम्बियाका ड्यानीयल मुनोजले पहिलो हाफको इन्जुरी समयमा दोहोरो पंहेलो कार्डका कारण मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा समेटिएकाे थियाे । कोलम्बिया दोस्रो हाफमा १० खेलाडीमा समेटिए पनि उरुग्वेले त्यसको फाइदा उठाउन भने सकेन ।

अब कोलम्बियाले उपाधिको लागि अर्जेन्टिनासँग सोमबार बिहान हार्ड रक स्टेडियम मियामी, फ्लोरिडामा भिड्ने छ । अर्जेन्टिनाले क्यानडालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.