विश्व समाचार

एयर चाइनाको ढाका–बेइजिङ सिधा उडान सुरू

बङ्गलादेशको राजधानी ढाका र चीनको बेइजिङ जोड्ने सिधा उडान सुरू भएको छ । सेवाको बुधबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक समारोहका साथ उद्घाटन गरिएको छ ।

ढाका–बेइजिङ सिधा उडान सुरू

बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री मोहम्मद फारुक खानले एयर चाइना ढाकादेखि बेइजिङ र बेइजिङदेखि ढाकासम्मको सिधा उडानको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले ढाकादेखि बेइजिङसम्मको सिधा हवाई उडानले दुई देशबीचको व्यापार विस्तारमा नयाँ आयाम थपिने बताउनुभयो ।

उहाँले बङ्गलादेश र चीनबीचको मित्रता, सहयोग, विकास र बढ्दो आवतजावतको प्रमाण यो उडान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो उडानले बङ्गलादेशका जनता, व्यवसायी र विद्यार्थीहरूले सीधै बेइजिङको यात्रा गर्नलाई सहज बनाउनेछ । यसको फाइदा पर्यटन र अन्य व्यावसायिक क्षेत्रमा पनि देखिनेछ ।”

“चीन र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने यो नयाँ रूटको सफलतापूर्वक शुभारम्भ गर्न पाउँदा हामी निकै हर्षित छौं,” बङ्गलादेशस्थित एयर चाइनाका कन्ट्री म्यानेजर आन मिङले भन्नुभयो । नयाँ सेवाले यात्रालाई सहज बनाउने मात्र नभई दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई पनि बढावा दिने उहाँले बताउनुभयो ।

एयर चाइनाले यो रुटमा मङ्गलबार, बुधबार, बिहीबार र शुक्रबार गरी सातामा चार वटा उडान गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.