राजनीति

‘देशमा कोही न कोही त जेल जानैपर्छ, सुरुवात म बाट गर्नुहोस’ : उपप्रधानमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुशासनका लागि यो देशमा कोही न कोही त जेल जानैपर्ने भएकाले त्यसको, सुरुआत आफूबाटगर्न नयाँ बन्ने सरकारलाई चुनौति दिनुभएको छ ।

गृहमन्त्री लामिछाने

शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिंदै सो कुरा बताउनुभएको हो ।

सम्बोधन गर्दै लामिछानेले भन्नुभयो, “भ्रष्टाचारका फाइल खोल्न थालेको २४ घण्टामा सरकार परिवर्तन गर्ने काम भयो, अब त तपाईहरूको संसदीय समितिमा पनि बहुमत हुने भयो । मलाई मलाई ठग प्रमाणीत गर्न आपत पनि पर्दैन होला, गर्नुहोस् । यो देशमा कोही न कोही त जेल जानैपर्छ, सुरुआत मबाट गर्नुहोस । म तयार छु तर सत्यबाट विमुख हुनेवाला छैन” ।

अहिले बनेको नयाँ सत्ता समीकरणप्रति टिप्पणी गर्दै दामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।

उहाँले संसद्भित्रका दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने भएको सहमति राष्ट्रिय सहमति नभएको जिकिर गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले अहिले संविधान परिमार्जन र संशोधनको आवश्यकता देखाएर सत्तास्वार्थका लागि सहमति गरिएको आरोप लगाउनुभयो ।

“संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमतिपत्र आएपछि खुल्ला तर आजको दिनमा संविधान जोगाउन यो सहमति भएको कम्तीमा पनि म र मेरो पार्टी स्वीकार्न तयार छैन”, उहाँले भन्नुभयो, “हामीलाई आशङ्का छ । एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयो ?”

प्रधानमन्त्री दाहालललाई आफ्नो दलले विश्वासको मत दिने बताउँदै उहाँले राजनीतिक इमान छाडेर नेकपा (एमाले) सरकार परिवर्तनमा लागेको आरोप लगाउनुभयो ।

गृहमन्त्री लामिछानेले दुई ठूला दल एकठाउँमा आउँदा शक्ति पृथकीकरणमा सङ्कट आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले देशमा प्राकृतिक विपक्ति परेका बेला सरकार गिराउने काममा राजनीतिक दलको मुख्य कार्यभार हुनु अशोभनीय भएको धारणा राख्नुभयो ।

उपप्रधानमन्त्री लामिछानेले सरकार परिवर्तनको माहोलबीच पनि रास्वपाका मन्त्रीहरू अन्तिमसम्म आफनो जिम्मेवारीमा डटेर लागिपरेका बताउनुभयो ।

उहाँले सहकारी रकम दरुपयोग सम्बन्धमा छानबिन गर्न गठित समितिमा नयाँ बन्ने सत्तागठबन्धन दलको बहुमत पुग्ने भएकाले आफूलाई दोषी प्रमाणीत गर्नसक्ने आशङ्का व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.