जन सरोकार
डुबेर दुई जनाको मृत्यु
देशका विभिन्न स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । सर्लाही, लालबन्दी नगरपालिका-१७ स्थित फुलजोर खोला छेउ पानी जमेको जग्गामा डुबेर इश्वरपुर नगरपालिका-५ बस्ने सन्तोष पाण्डेकी छोरी १२ वर्षीया कोनिसा पाण्डेको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै पर्सा, बिन्दवासीनी गाउँपालिका-५ प्रसौनि बस्ने आलिम मियाकी छोरी १० वर्षीया साजिदा खातुनको सोही ठाउँ स्थित भुतहा खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्