राजनीति

शेखर-गगन पक्षले माग्यो चार मन्त्री

नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापाले आफ्नो पक्षबाट कम्तीमा चार मन्त्री बन्नुपर्ने माग गरेको छ । आइतबार विशालनगरस्थित कोइरालाको सचिवालयमा बसेको बैठकले आफ्नो पक्षले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने माग गरेको हो ।

शेखर-गगन पक्ष

बैठकमा सहभागी कांग्रेस नेता अर्जुन नरसिंह केसीले सभापति शेरबहादुर देउवासँग कम्तीमा ४ मन्त्री माग गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै उहाँले समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको बताउनुभयो ।

बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी लगायतकोको सहभागीता रहेको थियो । यसअघि शनिबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन, योग्यता र योगदानलाई आधार मानेर मन्त्री छनोटको मापदण्ड तय गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.