खेलफूटबल

इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो युरोकपको उपाधि

इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरोकपको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डमाथि २-१ को जित निकाल्दै चौथों पटक उपाधि जितेको हो ।

युरोकप

जर्मनीको राजधानी बर्लिनस्थित ओलम्पिया स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४७ औं मिनेटमा लामिन यमलको पासलमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । तर खेलको ७३ औं मिनेटमा इंग्ल्यान्डका बेलिङ्घमको पासमा सब्सटिच्युट कोले पाल्मरलेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा मिकेल ओयरजावलले गोल गर्दै स्पेनलाई उपाधि दिलाए । स्पेनले १२ वर्षपछि उपाधि जित्दा इंग्ल्यान्ड भने लगातार दोस्रो पटक फाइनलमा स्तब्ध बन्यो ।

स्पेनले यसअघि सन् १९६४ मा भएको युरो कपको दोस्रो संस्करणो उपाधि जितेको भने सन् २००८ मा जर्मनीलाई हराएर दोस्रो उपाधि जितेको थियो । त्यस्तै सन् २०१२ मा इटालीलाई फाइनलमा हराएर लगातार तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.