क्रिकेटखेल

एसिया कपमा सम्झना खड्काको ऐतिहासिक अद्र्धशतक, नेपालद्वारा युएई पराजित

एसिसी महिला टी-२० एसिया कप क्रिकेटमा सम्झना खड्काको ऐतिहासिक अद्र्धशतकमा नेपालले आफ्नो पहिलो खेलमा युएईमाथि सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा युएईलाई पहिलो पटक पराजित गर्ने क्रममा नेपाल ६ विकेटले विजयी भएको हो ।

सम्झना खड्का

श्रीलंकाको रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

युएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् भने कविशा इगोडागो २२ रन जोड्दा समाइरा धरनिधर्क १३ र कप्तान इशा रोहित ओजाले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् भने कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक-एक विकेट लिइन् । युएईले दिएको ११६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १६१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको लागि सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्दतमा अविजित रहँदै ७२ रनको अद्र्धशतकीय पारी खेलिन् भने रुबिना क्षेत्रीले १० रन जोड्दा पूजा महतो र सिता राना मगरले समान ७-७ रन जोडे ।

सम्झना एसिया कपमा नेपालको तर्फबाट अद्र्धशतक हान्ने पहिलो खेलाडी बनिन् । युएईको लागि कविशा इगोडागोले ३ विकेट लिइन् भने लाभान्य केनीको भागमा एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.