राजनीति

नेकपा(एस)ले केन्द्रीय कमिटीलाई छिट्टै पूर्णता दिने

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई यही छिट्टै पूर्णता दिने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको बैठकले कार्यविधि तथा मापदण्डका आधारमा केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशन आगामी मङ्सिर महिनासम्म सम्पन्न गर्ने विषयमा छलफल गरिएको बैठकमा सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा सिफारिस गरेका नामावलीबाट नेताहरुको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्न नेताहरुको सुझाव आएको छ ।

पार्टी केन्द्रीय कमिटीमा चयन हुन विधानले तोकेको योग्यता पूरा भएको हुनुपर्ने जनाइएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी विरुद्ध विभिन्न षड्यन्त्र सुरु भएकाले पार्टीलाई थप बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई चनाखो हुन निर्देशन दिनुभएको नेता पाण्डेयले जानकारी दिनुभयो ।

विधानअनुसार पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छ्न् ।

बैठक यही साउन १४ गते पुनःबस्ने गरी स्थगित गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.