राजनीति

समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य हुँदैन : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य नहुने बताउनुभएको छ ।

अध्यक्ष यादव

शनिबार पार्टीको ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले राजनीतिक स्थिरताका नाममा समावेशिता, थ्रेसहोल्ड र सङ्घीयतामाथि प्रहार हुनेतर्फ सचेत रहनुपर्ने धारणा राख्नुभयो ।

उहाँले विभिन्न नियुक्तिबाट सरकारले नै समावेशीता विरोधी काम थालेको आरोपसमेत लगाउनुभयो । समावेशिता, स्वशासन, पहिचान र प्रतिनिधित्वको आधार नै सङ्घीयता भएको भन्नुहुँदै सत्ताकेन्द्रीत राजनीति र राजनीतिक अस्थिरताको दोष व्यवस्थामाथि थोपर्न नहुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.